३० वैशाख,हुम्ला। हुम्लाको मेल्छाम गाविस २ चरिगाउमा एकै परिवारका ३ जना घरवाटै वेपत्ता भएका छन्। घरमा वृद्ध आमा वावुलाइ छाडेर गत वैशाग २६ गते सो परिवारका पती पत्नी र एक छोरी वेपत्ता भएका हुन् । मेल्छाम गाविस २ चरिगाउका विरवल वुढा, उनिकी पत्नी धर्मीला वुढा र छोरी प्रमिला वुढा घरवाट वेपत्ता भएको स्थानियले जनाएका छन्।

गाउँभन्दा टाढा एक्लै घर भएको वुढाको घरमा वृद्धा वावुआमालाइ किन छाडेर गए भन्ने रहस्यको विषय बनेको छ । खोजीका लागी गाउँलले प्रहरी तथा संचारकर्मी संग आग्रह गरेका छन् ।