बोमलाल गिरी । काठमाडौं ।

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफूहरुले शुरु गरेको कृयात्मक आन्दोलन पनि मुलुकमा फेरी गम्भीर मुठभेड हुने बताएका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको भेटपछि पत्रकारसँग नेता भट्टराईले मुठभेड हुनु अघि नै राजनीतिक दलहरुले बुद्धि पुर्‍याएर सहमति गर्नु पर्ने बताए ।

Baburam-Bhattari-addressing-ca

‘देश हेर्दाहेर्दै गम्भीर दिशामा गएको छ । माघ ११ गतेको बहुमतिय प्रकया शुरु भएको र हिजोका आन्दोलनकारी र सहयात्री दलहरुबीच डरलाग्दो गरी फाटो परेको र कित्ताबन्दी बढ्दै गएको छ, नेता भट्टराईले भने, ‘आगामी दिनमा झनै दुरी बढ्दै जाने स्थिती पैदा भएको छ ।’ जे भए पनि हिजोका सहयात्री दलबीच न्यूनतम समझदारी गरेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो । माघ ११ गतेदेखि दलहरुबीचको सहमतिको डोरी चुडेको भन्दै भट्टराईले कुनैहिसावले जोड्न सकिन्छ कि भन्ने प्रयन्त्र भइरहेको बताए ।

‘दोस्रो चरणको आन्दोलन अहिले प्रारम्भिक चरणमै छ तर जव त्यो उत्कर्षमा पुग्दा देश झनै माुठभेठमा जानेछ, उनले भने, त्यसअघि नै नयाँ समझदारीको प्रयत्न गर्नुपर्छ ।’ त्यही क्रममा विभिन्न दलका नेतासँग अनौपचारिक ढंगले प्रयत्न गरेको र अध्यक्षले यस विषयमा के सोचेका छन् भनेर भेटघाट गरेको उनले बताए ।

अध्यक्ष र राष्ट्रपतिले सहमतिको प्रयन्त गर्नुपर्ने बताउँदै नेता भट्टराईले अध्यक्षले पनि प्रमुख शक्तिको बीचमा सहमति खोज्नुस भनेर आग्रह गरेको जानकारी दिए । ‘माघ ११ को डोरी चुडेपछि संवाद समितिको सभापतिको केही अर्थ रहेन, उनले भने ‘त्यसपछि त म पार्टी नेता भए । देशका विभिन्न ठाउँमा जनता भेट्न गए, जनताको नजरमा दल र नेता प्रति वितृष्णा फैलिएको मैले पाँए ।’

सबैको सरोकार सम्बोधन हुने गरी सहमतिको सुत्र खोज्नु पर्नेमा भेट्टराईले जोड दिए । ‘निर्वाच नप्रणाली र संघीयतामा बसेर लेनदेन गरे सहमति नहुने होइन । तर अविश्वासको खाडल बढेको छ ।’ भट्टराईले भने, ‘राष्ट्रपतिले सहमतिका लागि सदभाव व्यक्त गर्नु बाहेक केही गर्न सक्नुहुन्न । सहमति र प्रकृयाबीचको लडाई समाधान गर्ने दल र संविधानसभा र अध्यक्षले हो । हामीले नै प्रयत्न गर्नु पर्छ ।’

मतदानमा गएर पनि प्रकृया छिटो नहुने र त्यसले मुठभेड मात्र निम्त्याउने भट्टराईको ठहर छ । ‘छिटो गर्नका लागि त सहमति नै चाहिन्छ, उनले भने बहुमतिको प्रकृयाबाट कतै पुगिन्न भन्ने बोध सबैलाई भएको छ । त्यसैले सहमति खोज्नुपर्छ भन्ने सबैलाई तत्वभोध भएको हुनुपर्छ ।’

गिरिजाबाबु प्रति श्रद्धान्जली व्यक्त गर्ने हो भने पनि सहमति खोज्नै पर्ने उनले बताए । प्याकेजमा सहमति भए आन्दोलनको अर्थ नहुने भन्दै उनले भने ‘सत्ता पल्टाउने सरकार फेर्ने आन्दोलन होइन । आन्दोलन त सहमतिका लागि जनदवावका लागि हो । आन्दोलनलाई कृयात्मक चरणमा नपुर्‍याउनु नै सबैका लागि हितकर हुन्छ ।’