राम्रोसंग टाढा वा नजिकको नदेख्नाले आँखा जाँच गराएर चश्मा लगाउनु पर्ने हुन्छ। केही समय त चश्मा नौलो लाग्छ। विस्तारै झन्झट लाग्ने हुन्छ चश्मासंग। चश्मा नलागाउँ राम्रोसंग देखिदैन, लगाउँ झन्झट। अझ पटक पटक चश्माको पावर ठिक गराउन डाक्टरकोमा धाईरहनु पर्ने। त्यो भन्दा सजिलो त घरै बसेर यी उपाय अपनाउँदा राम्रोसंग पनि देखिने अनि विस्तारै चश्माको आवश्यकता पनि कमी हुँदै जाने।

badam soup misriबदाम, सुप र मिश्रीलाई बराबर मात्रामा पिस्नुहोस्। यो मिश्रणबाट १० ग्राम जति धुलोलाई २५० मिली दुधसंग लगातार ४० दिनसम्म सुत्नु अगाडी पिउने गर्नुहोस। यो पिएको दुई घण्टासम्म पानी नपिउनुहोस। तपाईले आफ्नो आँखाको पावर ठिक हुँदै गएको महसुस गर्नुहुनेछ।

amala

अमलामा भिटामिस ‘सी’ भरपुर मात्रामा पाइन्छ। जुन आँखाको लागि निकै फाइदाकारी हुन्छ। अमलाको धुलो, जुस वा अमला नै दैनिक सुत्नु अघि खाने गर्नुहोस्। बिहान पनि महको साथमा अमलाको जुस खाने गर्नाले आँखालाई निक्कै फाइदा पुर्याउँछ।

trifala

त्रिफलाको धुलो एक चम्चा पानीमा राखेर रातभर छोडिदिनुहोस्। बिहान यो पानीलाई राम्रोसंग छानेर आँखा धुनुहोस। एक महिनामा तपाइले फरक पाउनुहुनेछ।

carrot

गाँजरमा फस्फोरस, भिटामिन ‘ए’, भिटामिन ‘सी’ र आइरनको मात्रा प्रशस्त हुन्छ। नियमित रुपमा काँच्चो गाँजरको सलाद वा गाँजरको जुसले आँखाको तेज बढाउन सकिन्छ।

food collection

सधै खाइरहने खानाको सन्तुलतमा पनि आँखाको तेजको कारण लुकेको हुन्छ। सन्तुलित खानाले सम्पुर्ण शरिरको स्वस्थतामा प्रत्यक्ष भुमिका खेलेको हुन्छ। खानामा गाँजार, अण्डा, दुध, हरियो सागपात, फल, मेवा, अमिलो आदी सधै प्रयोग गर्नाले शरिरको साथै आँखालाई पनि फाइदा पुग्छ।

walking in green grass

हरियो घाँसमा बिहान बिहान नाङ्गो खुट्टा हिड्नाले पनि आँखालाई फाइदा पुर्याउँछ।

hand in eye

बिहान उठेपछि आफ्नो हत्केलालाई राम्रोसंग एकअर्कामा रगड्नुहोस्। जब हत्केलाहरु अलि तात्छन् तब आँखामा सेक्नुहोस्। बिहान संधै प्रत्येक दिन ४-५ पटक यस्तो गर्नाले आँखालाई निक्कै फाइदा पुग्छ।

यो पनि पढ्नुहोस्।
अब आँखाको डाक्टर आफ्नै स्मार्टफोनमा
आफ्नै आँखा निकाल्दा सबै डराए (तस्विर सहित)
विश्वका सबैभन्दा सुन्दर १० आँखा