एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका चर्चित नेताहरुलाई जवर्जस्ती तरिकाले अंकमाल गर्ने गरेको भन्दै अमेरिकाको चर्चित अखबार वासिङटन पोष्टले फिचर प्रकाशित गरेको छ ।
नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डलाई लाजमर्दो गरी अंगालो हाल्न खोजेको तस्विरलाई हेडलाइन बनाएर वासिङ्टन पोष्टले फिचर प्रकाशित गरेको हो।
ओलाण्डलाई कम्मरमा समेत समातेर अंगालो हालेका देखिने मोदीले ओलाण्ड पन्छिन खोजेपछि पुनः पछाडीबाट अंगालेको देखिन्छ ।
मोदीले विश्व नेतासँग आफ्नो उचाइ बराबर देखाउन ढंग नपुर्याइकन अंगालो हाल्ने गरेको टिप्पणी सहित वासिङ्टन पोष्टले भनेको छ, “मोदी अभिनय गर्न सिपालु छन्” ।
हेर्नुस् मोदीले बेढंगले अंगालो मारेका चर्चित तस्विरः