विश्वकै पहिलो अर्थतन्त्र भएको शक्तिशाली राष्ट्र चीनसंग उत्तिकै शक्तिशाली सेना छ। प्राचिन कला संस्कृति अनि विश्वकै आश्चर्यमा पर्ने ग्रेटवाल पनि चीन मै छ। हामीले प्रयोग गर्ने अधिकांश प्राविधिक साधनहरू पनि ‘मेड इन चाइना’ नै हुन्छन्।
आउनुस् जानौ छिमेकी देश चीनका कमै सुनिएका केहि रोचक जानकारीहरूः
- चीनमा कुनै पनि व्यवसाय सुरु गर्नको लागि केवल ३८ दिन लाग्दछ।
- देशका ४३% जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्छन्।
- हुन त, चीनको अर्थतन्त्रलाई विश्व कै सबैभन्दा ठूलो अर्थव्यवस्थामा गनिन्छ। तर पनि, वर्ल्ड बैङ्कले चीनलाई अझै पनि विकासशील देश नै मान्दछ। चीनको लगभग साढे १३ करोड जनसङ्ख्याले १ डलर भन्दा कम कमाइमा नै आफ्नो दिनचर्या बिताउने गर्छन्।
- विश्वभरमा भन्दा ४ गुणा बढि मृत्युदण्ड दिइने देश चीन नै हो।
- चीनमा हरेक वर्ष ४५ बिलियन चपस्टिकको प्रयोग गरिन्छ र त्यसको लागि हरेक वर्ष २ करोड रूख काटिने गरिन्छ।
- १४०० वर्ष अगाडि संसारकै सबैभन्दा पहिलो कागजको पैसा चीनमा नै बनाइएको थियो।
- चीनमा अझैपनि साढे ३ करोड जनताहरू गुफामा नै बस्छन्।
- चीनका ७० करोड जति जनताले अझै पनि दूषीत पानी पिएर जिन्दगी बिताउने गर्छन्।
- चीनमा हरेक ३० सेकेण्डको अन्तरमा, असाधारण शारीरिक बनावट भएको बच्चा जन्मिन्छन्।
- चीनमा प्लेस्टेशन पनि प्रतिबन्धित छ।
- २०२० सम्ममा, चीनमा ४ करोड पुरुषहरूले महिला साथी नपाउने सम्भावना बढेको छ।
- चीनमा हरेक वर्ष, स्वादिष्ट भोजनको नाममा लगभग ४० लाख बिरालोलाई खाइन्छ।
- सन् १९७३ मा, अमेरिकाको जनसङ्ख्या बढाउनका लागि चीनले देशको १ करोड महिलाहरूलाई दिने प्रस्ताब राखेको थियो।
- यदि चीनको कुनै ठाउँबाट खनेर पृथ्वीको अर्को भागमा निकाल्ने हो भने अर्जेन्टिना अथवा चिलीमा पुगिन्छ।
यो पनि हेर्नुहोस्-
अनौठा कारणले चीनमा प्रतिबन्धित ५ चीज
पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ