२२ फागुन, काठमाडौ ।
नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा उम्मेदवारी दिएका ३७५ जना मध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन आज १२ बजेसम्मको लागि समय निर्धारण गरेको थियो ।
उम्मेदवारी फिर्तासगै महाधिवेशनमा ३ सय १२ जना मात्र उम्मेदवार हुने भएका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारको नामावली प्रकाशन गरेर मतदान प्रक्रिया अगाडि बढ्नेछ ।
महाधिवशेनको बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंहले प्रस्तुत गरेको सांगठनिक प्रतिवदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवदनमाथिको छलफल जारी रहेको छ । बन्दसत्रमा अहिलेसम्म २२ जिल्लाका सभापतिहरुले प्रतिवेदनमाथि आ- आफ्नो धारणा राखेका छन् ।