२७ चैत, एजेन्सी।
अमेरिकी रक्षमन्त्री आस्टोन कार्टर आइतबार भारत आउँदै छन् । तीनदिने औपचारिक भ्रमणका लागि उनी भारत आउन लागेका हुन ।
समाचार स्रोतकाअनुसार उनले आफ्नो तीनदिने बसाइँका क्रममा भारतीय राजधानी नयाँ दिल्लीका साथै पश्चिमी भारतीय राज्य गोवाको पनि भ्रमण गर्नेछन्।
भारतीय रक्षामन्त्री मनोहर परिकारको आमन्त्रणमा उनी भारत आउन लागेको बताइएको छ ।
आफ्नो भ्रमणको पूर्व सन्ध्यामा प्रतिक्रिया दिँदै रक्षामन्त्री कार्टरले भारतसँग विभिन्न क्षेत्रीय एवम् विश्वसम्बन्धी एजेण्डामा वार्ता हुने धारणा राख्नभएको पनि समाचार स्रोतले जनाएको छ ।
उनले न्युयोर्कमा ‘हामीले पाकिस्तान र भारतलाई एक अर्काका विरोधी देशका रुपमा मात्र हेर्ने सोचाईमा परिवर्तन गर्नुपर्ने’ धारणा राखेका थिए।