२९ कात्तिक, एजेन्सी।
फेसबुकमा देखिएको एक ‘बग’ (त्रुटी) को शिकार स्वयंम फेसबुकका संस्थापक मार्ग जुकरर्बग बनेका छन्।
यो बग शुक्रबार कयौं प्रयोगकर्ताको फेसबुक प्रोफाइलमा देखिएको थियो। मरेको मानिसको प्रोफाइलमा मात्र देखिनु पर्ने सन्देश जिउँदो मानिसको प्रोफाइलमा पनि देखिएको हो।
फेसबुक प्रयोगकर्ताको प्रोफाइलको माथी देखिएको बगमा, फेसबुक प्रयोगकर्तालाई सम्झदैँ श्रद्धान्जली सन्देश लेखिएको थियो।
के हो बग?
कम्प्युटर, मोबाइल वा ल्यापटपको स्क्रिनमा जे जति देखिन्छ, वा कुनै पनि एप, साइट वा प्रोग्रामले जे जति गर्न सक्छ त्यो सबै प्रोग्रामिङको कारणले सम्भव भएको हो। अर्थात लाखौँ लाख लाइन कोड (कम्प्युटरको भाषा)को कारण वेबसाइट वा एप चल्छन्। यसरी प्रोग्रामिङ गर्दा हुने सानो गल्तीले वेबसाइट वा एपमा समस्या आउँछन्। यीनै गडबडीलाई ‘बग’ भनिन्छ।
कहिलेकाँही ह्याकरले पनि आफुले प्रोग्राम बनाएर पहिले गरिसकेको प्रोग्रामिङमा गडबडी गर्न सक्छन्।
फेसबुकमा आएको यो बग भने हटाइसकिएको फेसबुकमा प्रवक्ताले बताएका छन्।
फेसबुकले सन् १०१५ मा समवेदनाको फिचरको सुरुवात गरेको थियो। यो तब सुरु भएको थियो, जब कयौं परिवारले आफ्नो नजिकका मानिस मर्दा उनीहरुको फेसबुक अकाउन्ट चलाउन पाउने माग गरेका थिए।