२६ पुस, काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकले पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई हटाउने निर्णय गर्नसक्ने एक मन्त्रीले बताएका छन् ।

फाइल तस्वीर

फाइल तस्वीर

‘सधैं विहीबार बस्ने बैठक एक दिन अघि नै बोलाइएको छ, उनले भने, दुई पटक स्पष्टीकरण सोधिसकिएको छ सायद त्यहि निर्णय हुन सक्छ ।’ हरेक बिहीबार मन्त्रीपरिषद्को नियमित बैठक बस्ने गरेपनि एक दिन अघि नै प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

ज्ञवालीलाई सरकारले पहिलो स्पष्टिकरण चित्त नबुझेको भन्दै दोस्रो स्पष्टिकरण सोधेको थियो । ज्ञवालीले आइतबार सरकारलाई दोस्रो पटक स्पष्टीकरण बुझाइसेका छन् । ज्ञवालीलाई हटाएर काँग्रेस निकट गोबिन्द पोख्रेललाई नियुक्त गर्ने सरकारको तयारी छ ।  बैठकमा अन्य मन्त्रालयगत एजेण्डामा पनि छलफल हुने बताइएको छ ।