२७ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनले परिमार्जनसहित संविधान संसोधन विधेयक पारित गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धनको बैठकले संसोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पु-याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न सरकारलाई आग्रह गरेको संयोजक उपेन्द्र यादवले जानकारी दिए ।

madhesi-morcha-meeting

बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जनसहित संसोधन विधेयक पारित गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, गठबन्धनले संविधान संशोधनको माग गर्दै आगामी माघ १ गते काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संविधान संसोधनका लागि दबाब दिन र भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको संयोजक यादवले बताए ।

केही दल सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्यत रहेकाले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरले कान्छीचोक नडाहासम्मको उक्त सडक पुनःनिर्माणका लागि विभागमा रु १७ करोड खर्च लाग्ने योजनासहित प्रस्ताव अघि बढाएको डिभिजन प्रमुख जीतेन्द्र चौधरीले जानकारी दिए ।