एजेन्सी । भारतमा विश्वकै सबैभन्दा बढी वजन (५०० किलो) भएकी महिलाको उपचारमा सबै जुटेका छन् । मुम्बईस्थित ‘सेफी अस्पताल’मा ‘एमान अहमद अब्द अल’ नामकी यी महिलाका लागि छु्ट्टै शल्यक्रिया कक्ष र हेरचाह गर्ने समूह बनाइदैछ ।

women

अनुभवी बेरिएट्रिक सर्जनको अगुवाईमा एमानको उपचार गरिने छ । अस्पतालका डक्टरहरुले बढी वजन भएकाले नियमित उडानमा यात्रा गर्न नसक्ने भएकाले जनावर बोक्ने चार्टर्ड कार्गो प्लेनबाट उनलाई मुम्बई ल्याइने छ ।

पहिले एमानको वजन कम गर्नुपर्ने छ, त्यसपछि मात्रै शल्यक्रिया गरिने छ । चिकित्सकहरुका अनुसार, एमान थाइराइड र मुटुसम्बन्धि रोगबाट ग्रस्त छिन् । उनलाइ उपचारका लागि कम्तिमा ६ महिनासम्म अस्पतालमै रहनुपर्ने छ ।

खबरअनुसार, अस्पतालमा २७८ वर्ग मिटरको नयाँ कक्ष बनाइदैछ, जसका लागि मात्रै २ करोड रुपयाँ खर्च हुनेछ र यो महिनाभित्र बनिसक्ने छ ।

३६ बर्षीया एमान पछिल्लो २५ बर्षदेखि आफ्नो घरबाट बाहिर निस्किएकी छैनन् । उनको तौलबारे परिवारलाई आफन्तले बताएका थिए । यदि पुष्टि भएमा एमान विश्वकै सबैभन्दा बढी वजन भएकी महिला हुनेछिन् ।

सन् २०१० मा गिनीज बुक अफ रेकर्डमा अमेरिकी पोलिन पोस्टरले २९२ किलो वजनका साथ सबैभन्दा बढी वजन भएकी महिलाको इतिहास बनाएकी थिइन् ।