पैतालामा स्वस्तिक चिन्हको ट्याटु खोप्ने बेलायती मोडलले माफी मागिन
१२ फागुन, एजेन्सी।
भारतको चर्चित रियालिटी शो ‘बिग बोस’की पूर्व प्रतियोगी रहेकी बेलायती मोडल सोफिया हयात फिल्ममा कम विवादमा बढी देखिन्छिन्।
नायिकाबाट नन बनेकी सोफियाले हालै दुई ट्याटु खोपेकी छिन्। त्यही ट्याटुले विवाद खडा भएपछि अहिले सोफियाले माफी मागेकी छिन्।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा सोफियाले ट्याटुको तस्बिर अपलोड गरेकी थिइन। तस्बिरमा सोफियाको खुट्टाको पैतालामा हिन्दु धर्ममा शुभ मानिने स्वस्तिक र हातमा उर्दुमा अल्लाह शब्द खोपेकी छिन्।
A post shared by Sofia Hayat. (Gaia Mother) (@sofiahayat) on
मुद्धा गम्भीर भएको चाल पाएपछि नायिकाबाट नन बनेकी सोफियाले आफ्नो मोबाइल बन्द गरेको बीबीसीले लेखेको छ।
तर उनले आफ्नो ट्याटुको बारेमा सफाइ दिन इन्स्टाग्राममा पोस्ट गर्दै भनेकी छिन्, ‘म ब्रह्माण्डकी आमा हुँ। भगवान बुद्धको पैतालामा पनि स्वस्तिक छ। म बुद्धको समान हुँ। स्वस्तिक दैवीय चिन्ह हो। देवत्व सबैको भित्र स्थित छ। जसलाई यसको आपत्ति छ उसले आफ्नो रिस जाँच गर्नु किनकी उनीहरुलाई अर्कालाई आंकलन गर्ने कुनै अधिकार छैन। स्वस्तिक पुरै ब्रह्माण्डको प्रतीक हो र यो हाम्रो खुट्टाको तल छ।’