१४ फागुन, गुल्मी।

बलात्कारको आरोपमा गुल्मी प्रहरीले बिसुखर्क गाविस- ९ का ७३ वर्षीय वृद्ध चुन्नप्रसाद रानालाई पक्राउ गरेको छ ।

२२ वर्षीया युवतीमाथि जर्वजस्ती गरेको आरोपमा प्रहरीले रानालाई नियन्त्रणमा लिएको हो ।

पीडितका आफन्तको उजुरीका आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

आरोपित रानालाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले हिरासतमा लिएको छ ।