३० बैशाख, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले कपन घटनाको बारेमा स्पष्टिकरण दिएका छन् ।

फेसबुक पेज मार्फत् आफ्ना कुरा राख्दै थापाले कपनमा आफ्ना नातेदारलाई भेट्न गएको बेला आफूमाथि अभद्र व्यवहार भएको बताए ।

आफूलाई निर्वाचन आचारसंहिता के हो भन्नेबारे स्पष्ट जानकारी रहेको भन्दै थापाले भने, ‘मेरो आधा परिवार त्यहिँ बस्छ त्यहाँबाट फर्किँदा पार्टीका स्थानीय नेताहरुको घरमा गएको हुँ, गफ गरेको हुँ ,मत माग्न कतै गएको छैन र जानुहुँदैन भन्नेमा सचेत पनि छु ।’

आफूलाई लखेटिएको बारे थापाले भने, कसैले लखेटेर लखेटिने मेरो हैसियत होइन, म केहीबेर त्यहिँ बसेको भए स्थिति अप्रिय हुन सक्थ्यो त्यसैले म त्यहाँबाट हिँडेको हुँ, कतिपयले मलाई मोटरसाइकलमा पछ्याउनुभयो, कतिपयले मेरो गाडीमा ढुंगा पनि हान्नुभयो ।

उनले आफूले पैसा बाँडेको भन्ने अनर्गल प्रचार गरिएको पनि टिप्पणी गरे ।

हेर्नुस् भिडियाे: