१ जेठ, रुकुम ।माओवादी केन्द्रले रुकुम जिल्लाका दुई वटा वडाबाट विजयी सुरुवात गरेको छ । बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो ।

संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन् ।