slim-girlकेही मानिसहरू यस्ता हुन्छन्, उनीहरूले जति खाए पनि आफ्नो तौल बढाउन सक्दैनन् अर्थात् मोटाउन सक्दैनन् । मोटाउनका लागि आफूले गर्न सक्ने सबै तरिका अपनाए पनि केही गर्न नसकिरहनु भएको हुन सक्छ ।

तर, विषेशज्ञहरू भने घटाउनका लागि गर्न सकिने विभिन्न उपाय हुन्छन् भने मोटाउनका लागि पनि धेरै खाले उपायहरू हन सक्छन् । उनीहरूका अनुसार मोटोपन घटाउने जस्तै बढाउनका लागी पनि करिब ७० प्रतिशत काम तपाई हामीले खाने खानाले नै गर्छ भने ३० प्रतिशत काम व्यायामले गर्ने गर्छ । 

तौल घटाउन जति धेरै दुःख गर्नुपर्छ त्यति नै धेरै तौल बढाउनका लागि गर्नुपर्छ । तर, खान-पानमा ध्यान पुर्याउन सके तपाईले आफ्नो तौल केही बढाउन सक्नुहुनेछ । यसरी तौल बढाउने केही उपायहरू छन्, ती थाहा पाऔँ…

– यदी तपाई मांशाहारी हुनुहुन्छ, भने रातो मासु खाने गर्नुस् । रातो मासुमा पाइने प्रोटिन र आइरनले तपाईको शरिरको तौल बढाउन मद्धत गर्छ । 

– पीनट बटर : पीनट बटर प्रोटीन र चिल्लो निकै धेरै हुन्छ । एक चम्चा बटरमा करिब १ सय क्यालोरी र ४ ग्राम प्रोटिन हुन्छ । यसले पनि शरिरको तौल बढाउन मद्धत गर्छ । 

– फलफुलः स्याऊको प्रयोग गर्नु नराम्रो मानिएपनि अन्य फलफुलहरू जस्तै, आँप, मेवा, करा र अनारले पनि तौल बढाउन मद्धत गर्छ । 

– खानासँगै दुध, जुस जस्ता पदार्थ जसमा क्यालोरी बढी मात्रामा फाइन्छ ती चीज खानु राम्रो हुन्छ । 

– बदाम, काजु, बदाम, औखर आदीको नियमित सेवनले पनि तौल बढाउनका लागि मद्धत गर्छ । 

– दिउँसो खाजा खाने समयमा छोकडा ४-५ वटा घ्युमा तारेर खाने गरेमा पनि तौल बढ्न सक्छ ।