५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । बमको हल्ला चलेपछि प्रहरीको विशेष टोली सर्वोच्च पुगेर सर्च गरेको थियो भने राजधानीमा कडा चेकजाँच गरिएको थियो ।

सर्चका क्रममा कुनै शंकास्पद बस्तु नभेटिएको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई टेलिफोन गरेपछि भागाभाग मच्चिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीसमेत सर्वोच्च पुगेको थियो । प्रहरीले अहिले फोन गरेर बमको सूचना दिने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।