बलिउड नायक सलमान खानको नयाँ फिल्म ‘भारत’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरको माथीको कुनामा एक नर्तकीको सानो तस्विर झुल्किएको छ। तस्विरमा देखिएकी नायिका दिशा पठानी हुन।
फिल्म ‘भारत’मा दिशा को भूमिकाको बारेमा खासै खबर बाहिर आएको छैन।
यो भन्दा अघि फिल्मको अर्को एक पोस्टर सार्वजनिक भएको थियो। सो पोस्टर सेयर गर्दै सलमानले ‘जति सेतो कपाल मेरो शिर र दाह्रीमा छ, त्यो भन्दा निकै बढी रंगीन मेरो जीन्दगी रहेको छ’ लेखेका थिए।
सलमानसंगै यो फिल्ममा क्याट्रिना कैफ, तब्बू र दिशा पठानीको भूमिका रहनेछ। फिल्म पहिले प्रियंका चोपडालाई अफर गरिएको थियो। तर पछि क्याट्रिनाले उनको स्थान लिइन। अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म जून ५ मा रिलिज हुनेछ।
को हुन दिशा पठानी ?
तेलगु फिल्म लोफरबाट फिल्मी दुनियाँमा उत्रेकी दिशाले ‘एम एस धोनीः द अन्टोल्ड स्टोरी’मा अभिनय गर्ने मौका पाइन। त्यसपश्चात ज्याकी च्यानको ‘कङ्फु योगा’मा सोनु सुध संग काम गरिन। लगतै ‘बाघी-२’ मा टाइगर श्रोफसंग अभिनय गरिन। अब ‘भारत’ रिलिज हुनेछ। र त्यसपश्चात दिशाले अभिनय गरेरको ‘मलंग’ नामक अर्को हिन्दी फिल्म सन् २०२० मा रिलिज हुनेछ।