२७ कात्तिक, काठमाडौं । बुधबार सूनचाँदीको मूल्य बढेको छ । मंगलबार थामिएको सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै बुधबार छापावाल सुनको मूल्य तोलाको ७१ हजार ४ सय रुपैयाँम पुगेको छ भने तेजाबी सुनको मूल्य तोलाको ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन ७१ हजार २ सय, तेजावी सुन ७० हजार ९ सय र चाँदी ८ सय ४५ रुपैयाँ तोलामा बिक्री भएको थियो ।