१७ चैत, काठमाडौं । प्रेस काउन्सिल नेपालले १४ वटा वेबसाइटलाई नेपालबाट हेर्न नमिल्ने बनाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

चैत १० गतेदेखि १६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने १४ वटा वेबसाइटलाई नेपालमा खोल्न नमिल्नेगरी बन्द पत्राचार गरिएको प्रेस काउन्सिल नेपालका सह–प्रशासकिय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

सूचना अधिकारी खनालका अनुसार काउन्सिलले (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गरेको उजुरी परेपछि ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ । यी हुन् भ्रम फैलाएपछि नेपालमा प्रकाशन र प्रसारण नहुने अलनाइनहरुः