१५ माघ, एजेन्सी ।
मलेसियाली अधिकारीहरुले गत वर्षको मार्च ८ देखि वेपत्ता मलेसियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको घोषणा गर्दै त्यसमा रहेका सबै यात्रुलाई पनि मृत घोषणा गरेका छन् ।
अव विमानको खोजी कार्य पनि बन्द गर्ने घोषणा समेत अधिकारिहरुले गरेका छन् ।
मलेसियाको नागरिक उड्डयनले एक विज्ञप्ति जारी गर्दै विभिन्न रहस्य कथासहित हराइरहेको विमानलाई दुर्घटनाग्रस्त घोषणा गरेको हो ।
गत वर्षको मार्च ८ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङ जान उडेको MH370 बोइङ विमान अहिले सम्म पनि कहाँ हरायो कसैलाई थाहा छैन ।
विमानमा २३९ जना सवार थिए । अव उनीहरु मृत घोषित भएका छन् । यो घोषणापछि यसै पनि शोकमा रहेका यात्रुहरुका परिवारमा थप पीडा थपिएको छ ।
यो पनि हेर्नुस्
मलेसियाको विमान अमेरिकी सेनाले गोली हानेर खसालेको थियो
यो वर्ष भएका विमान दुर्घटना र मारिएकाको विवरण (सूची सहित)
समुन्द्रमा जहाज हराएका १० ठूला दुर्घटना (तस्विर सहित)
फिलिपिन्समा यात्रुबाहक जहाज दुर्घटनामा २८ को मृत्यु, २१३ जना हराए (फोटोसहित)