water tankपानीका लागी घरको छतमा ट्याङकी राख्ने चलन परानै हो। तर ट्याङकी राख्ने समयमा कुन दिशामा ट्याङकी राख्ने भनेर धेरै विचार पुर्याएको पाइँदैन्।

 

तर वास्तुशास्त्रका अनुसार पानीको ट्याङकीले वास्तुलाई निकै प्रभावित गर्दछ ।

पानी ट्याङकी उपयुक्त दिशमा नहुँदा घरमा बस्ने मानिसमाथी आर्थिक समस्याले सताउँछ। यसले उन्नती प्रगतीमा बाधा पर्याउने मात्र होइन् घरमा रहनेको मानिसको स्वास्थ्यमा पनि प्रतिकुल असर गर्दछ ।

 

त्यसैले पानीको ट्याङकीलाई घरमा राख्नु अघि वास्तुलाई विशेष ध्यान पुर्याउनै पर्ने हुन्छ।

वास्तु विज्ञानका अनुसार पानीको लागी उत्तर र पुर्वी दिशा उत्तम मानिएको छ। यी दिशामा घरभित्र पानीको भाडा, घैंटो, वाटर प्युरिफाएर , जलपात्र हुनु निकै शुभ मानिन्छ । तर युही दिशामा पानीको ट्याङकी राख्दा भने वास्तु दोष उत्पन्न हुन्छ ।

 

यसले व्यापारमा नोक्सान, घरमा रहेन व्यक्तिको स्वास्थ्यमा गिरावट र आकस्मिक दुर्घटनाको संभावना बढाउँछ।

वास्तु शास्त्रकाका अनुसार पानीको ट्याङकी दक्षिण पश्चिम अर्थाथ नैऋत्य कोण बनाएर अरु दिशा भन्दा अग्लोमा राख्नु पर्दछ।

 

यसले गर्दा घरमा समृद्धी र उन्नती आउँछ भने लामो समय सम्म सुख शान्तीको अनुभव गर्न सकिन्छ ।