कुनै मानिसको पेटमा बोतल पस्यो तर कसरी भन्ने विषयमा सोही व्यक्तिलाई नै थाहा छैन् । यस्तो घटनाको कल्पना गर्दा पनि अचम्म लाग्न सक्छ तर, चीनमा यस्तै घटना घटेको छ ।

 

चिकित्सकले ती व्यक्तिको पेटबाट एउटा बोलत निकाले । पेटमा बोलत भएको तब थाहा भयो जब ती व्यक्ति पेट दुखेपछी अस्पताल जचाँउनका लागि पुगे । उसले चिकित्सकलाई आफूलाई यो बोलत कसरी पेटमा पुग्यो भन्ने विषयमा केही थाहा नभएको बताएका छन् ।

चिकित्सकले जब ती व्यक्तिको पेटको एक्सरे गराए तब उनको पेटमा उक्त बोलत देखिएको थियो । एक्सरेमा ती व्यक्तिको पेटमा एउटा बोतल देखिएको थियो । यो एक्सरे करिब एक वर्ष अगाडि लिइएको थियो ।

 

जाँचका क्रममा अस्पतालका चिकित्सक एण्ड्रे फेडिडाले ती व्यक्तिको पेटमा बोलत भएको त्यसलाई निकाल्न शल्यक्रिया भन्दा अर्को कुनै उपाय नभएको बताएका थिए ।

पहिले ती व्यक्तिले आफूलाई बोलत कसरी पेटमा पुग्यो भन्ने विषयमा केही थाहा नभएको बताएपनि पछी उनले आफूले नै पेटभित्र बोलत पुर्याएको बताएका छन् ।

 

मलद्धारमार्फत आफूले उक्त बोलत पेटमा पुर्याएको उनले स्विकार गरेका थिए । विदेश जाने क्रममा केही सामान बाहिर लुकाएर लैजानका लागि बोलत शरिरमा लुकाउने कार्यको अभ्यासका क्रममा यसरी बोलत पेटमा छिरेको बताएका छन् ।

 

bottle-found-in-chinies-mans-abdomen bottle-found-in-chinies-mans-abdomen bottle-found-in-chinies-mans-abdomen bottle-found-in-chinies-mans-abdomen bottle-found-in-chinies-mans-abdomen