१७ फागुन, एजेन्सी । एक १५ वर्षीय किशोरले अश्लिल चलचित्र हेरेपछी उक्त चलचित्रमा जस्तै गर्नका लागी एक छात्राको बलात्कार गरेका छन् । लामो समयावधीको चलचित्र हेरेपछि बेलायतका ती किशोरले विद्यालयमा पढ्ने एक छात्राको बलात्कार गरेका थिए ।
लामो समयसम्म अश्लिल चलचित्र हेरेर घरबाट बाहिर निस्केका ती किशोरले छात्रालाई चक्कु देखाएर मार्ने धम्की दिँदै बलात्कार गरेको ती छात्राले बताएकी छिन् । किशोरले पनि आफ्नो गल्ती स्विकारेका छन् । उनले प्रहरीसँगको बयानका क्रममा आफूले ती छात्रालाई चलचित्रमा हेरेजस्तै गरी सेक्स गर्नका लागी धम्क्याएको र सेक्स गरेको बताएका छन् । किशोरले आफूले चलचित्रमा हेरेजस्तै गरी सेक्स गर्ने सुरमा आफूबाट गल्ति हुन पुगेको समेत बताएका छन् ।
यता उनका किशोरका परिवारले भने उनले यस्ता अश्लिल चलचित्र हेर्ने गरेको अदालतमा आएपछि मात्र थाहा पाएको बताएका छन् भने छात्राका परिवारका सदस्यले यस्ता साइटहरूबाट बालबालिकाको पहुँचभन्दा बाहिर राख्नु पर्ने बताएका छन् ।
बलात्कृत छात्रा बलात्कारपछी मानसिक रूपमा कमजोर भएको बताइएको छ । उनका परिवारका सदस्यले आफ्नी छोरी फरक खालकी केटी भएको बताउँदै उनले यो चोट सहन गर्न नसकेको र उनको अवस्था समेत कमजोर बनेको बताएका छन् । यस्तै, अदालतले किशोरलाई दिने सजायले पनि आफूहरू खुसी नहुने भन्दै किशोर त २-३ वर्षमा जेलबाट छुटिहाल्छन् तर आफ्नी छोरीको पिडा जीवनभर रहने भन्दै गुनासो गरेका छन् ।