woman-lieसकेसम्म आफ्नो गत्लि लुकाउने चाहना सबैको हुन्छ । आफ्नो गल्ति लुकाउनका लागि विभिन्न बहाना र झुठ बोल्नुपर्ने हुन्छ । सकेसम्म झुठ बोलेर वा विभिन्न बहाना बनाएर गल्ति लुकाउने प्रयास गर्दा त्यसलाई सही साबित गर्नका लागि कहिलेकाही थप बहाना या झुठ बोल्नुपर्ने अवस्था पनि आउने गर्छ । झुठ विषेशगरी गल्ति लुकाउन बोलिने भएपनि कहिलेकाँही राम्रो कामका लागि पनि झुठ बोल्ने गरिन्छ । राम्रो कामका लागि बोलिने झूठले मानिसलाई थप राम्रो अवस्थामा पुर्याउन मद्धत गर्छ । मानिसले हेर्न हेराईमा समेत निकै फरकपन आउँछ ।

 

तर, यही झुठ मात्र गल्ति लुकाउनका लागि बोलिँदा त्यसले नकारात्मक असर गर्ने गर्छ । विषेशगरी हामीले दिनहुँ जसो पनि आफ्ना स-साना गल्ति लुकाउन पनि झुठको साहारा लिइरहेका हुन्छौ भने कतिपय अवस्थामा झुठ बोलेरै अरूभन्दा आफूलाई ठुलो देखाउने पनि गर्छौ । यसले भविष्यमा हामीलाई थप समस्या र तनाव समेत दिन सक्छ भने कसैसँगको सम्बन्धमा समेत तगारो उत्पन्न हुन सक्छ ।

 

झुठ बोल्न पुरूष होस् या महिला कसैलाई पनि सिकाइरहनु पर्दैन । आवश्यकता र अवस्था हेरेर दुवै झुठ बोल्न सिपालु हुन्छन् । पुरूष र महिलाबीच बोलिने झुठ विषेश गरी एक-अर्कालाई ठेस नपुर्याउनका लागि बढी प्रयोग गरिन्छ । अरूलाई ठेस नपुगोस् भनेर सानो झुठ बोल्न पुरूष तथा महिला दुवै सिपालु हुन्छन् । यसक्रममा यहाँ महिलाहरूले पुरूषलाई ठेस नपुर्याउन र पुरूषलाई आफूप्रति आकर्षित गर्न महिलाले बोल्ने झुठहरू के के छन् । ती झूठहरू थाहा पाऔः

 

– तिमी मलाई साह्रै राम्रो लाग्छ तर मलाई यो थाहा छैन् की म तिमीसँग साच्चै प्रेममा कहिले पर्छु ।

 

– मलाई लाग्छ यो बिलको पैसा हामी दुवैले तिर्नुपर्छ । तिमीले नै सधै तिर्नुपर्छ भन्ने छैन् ।

 

– मैले अहिलेसम्म यस्तो विचार नै गरेको थिइन की मलाई यो चीज यति धेरै मन पर्छ ।

 

– तिमी नै यस्तो व्यक्ति हौ जसलाई मैले चाहेको थिए ।

 

– मैले तिम्रो फोनको प्रतिक्षा गरिरहेको थिइन् ।

 

– म तिम्रो परिवारसँग खुसी छु । ती सबै मैरै परिवार त हुन् ।

 

– यदी अहिलेको अवस्थामा म कसैसँग सुत्न चाहन्छु भने त्यो तिमी मात्र हुनेछौ ।

 

– सेक्स एउटा रमाईलो मात्र हो ।

 

– होइन तिमीबाट केही गल्ति भएको छैन्, सायद मैले नै केही गल्ति गरे होला ।

 

– हो, म पनि तिमीसँग साथी बन्न चाहन्थे, म नराम्रो मान्दिन, मैले पनि यही सोचिरहेको थिए ।