india flag६ चैत, एजेन्सी । दक्षिणी भारतको एक क्षेत्रीय राजनीतिक दलले सरकारबाट हट्ने निर्णय गरेको छ । उक्त दलले हालको केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिएको हो ।
सरकारको समर्थनमा रहेका अरू पनि साना दलहरुले यसअघि पनि समर्थन फिर्ता लिइरहेकोले संसदमा वर्तमान सरकारको हैसियत अल्पमतको रहेको टिप्पणी गर्न थालिएको छ ।
दक्षिणी भारतको क्षेत्रीय दल द्रबिद मन्नत्रा काजगाम (डिएम्के) ले वर्तमान भारतीय संयुक्त गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएको जानकारी मङ्गलबार गराएको छ ।
भारतको तामिल नाडु क्षेत्रमा आधारित रहेको सो दलले विगतदेखि नै सरकारलाई श्रीलङ्कामा रहेको तामिलहरु विरुद्धको सरकारी दमनको विरोध गर्न आग्रह गरिरहेको थियो ।
श्रीलङ्कामा सन् २००९ मा भएको तामिल विरुद्धको कारबाहीमा उनीहरूमाथि युद्ध अपराध भएको भन्ने बारेमा भारत सरकारले पनि खुला रुपमा भन्नुपर्ने माग सो दलको थियो ।
तर सरकारले सो धारणालाई सार्वजनिक गर्न नमानेपछि उक्त दलले सरकारमाथिको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको बताइएको छ ।
गएको सेप्टेम्बर महिनामा पनि त्यहाँको अर्को एउटा क्षेत्रीय दलले सरकारमाथिको समर्थन फिर्ता लिइसकेको थियो । मङ्गलबार समर्थन फिर्ता लिने घोषणा गरेको दलका हाल संसदमा १८ जना सांसद रहेका छन् ।
सन् २०१४ मा भारतमा आम निर्वाचन हुँदैछ । निर्वाचनका बारेमा चर्चा चलेसँगै भारतमा सरकारमाथिको समर्थन फिर्ता लिने क्रम पनि सुरु भएको समाचारमा जनाइएको छ ।
डिएम्केका तामिलहरुको दल मानिन्छ । उसका समर्थक एवम् मतदाता नै तामिल जातिका रहेका छन् । उनीहरुको श्रीलङ्काका तामिलहरुसँग सांस्कृति मतैक्यता रहेको छ ।
श्रीङ्कामा सन् २००९ मा भएको तामिल विरोधी कारबाहीका क्रकमा कयौँ तामिलको हत्या भएको बताइएको थियो । सो क्रममा युद्धअपराध भएको भन्दै त्यसका विरुद्धमा सो दलले आवाज उठाएको थियो । एएफपी