gun pistol१८ फुागुन, फ्लोरिडा। कुकुरले टोक्ने गरेको त हामिले सुन्ने गरेकै हो र कुकुरले गोली नै प्रहार गर्यो भन्दा धेरैलाई विश्वास नहुन सक्दछ तर अमेरिकाको फ्लोरिडा भने यस्तै अविश्वसनिय घट्ना घटेको छ।
३५ वर्षिय जर्ज डेल ल्यानियर माथि उनको आफ्नै कुकुरले गोली प्रहार गर्यो। गोली उनको खुट्टामा लागेको थियो।
जर्ज एउटा पिकअप ट्रकम चलाउन लाग्दा भुइम रहेको ९ एमएमको बरेटा ह्याण्डगनमा उनको कुकुरले लात्ताले हाने पछि गोली गएर उनको खुट्टामा लागेको थियो। भुइमा ‘गन’ उनले नै राखेका थिए तर उनी ‘गन’मा गोली नभएको विश्वासमा थिए।
गोली लागे लगतै कुकुर ट्रकमाथी जाइलागेको थियो। जर्जलाई फ्लोरिडा अस्पतालमा भर्ना गरिएको भए पनि उनको चोट भने गंभिर छैन्। प्रहरीले भने यसलाई दुर्घटना भनेको छ।