भाईराम चौलागाई/श्याम पराजुली
२७ फागुन, कुवेत । मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजित च्यारिटी शो कुवेतको जिलिब नगरी स्थित इण्डियन इण्डिग्रेट स्कुलमा सम्पन्न भएको छ । मध्यान्ह १२ बजेबाट सुरू हुने भनिएपनि निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी कार्यक्रम सुरू भएको थियो। अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा कुवेतका लागि नेपाली राजदुत मधुवन पौडेलकी धर्मपत्नि सिता पौडेल रहेकी थिइन् । मधुवन पौडेल अस्वस्थ रहेका कारण उनको उक्त कार्यक्रममा उपस्थिति हुन सकेन । विषेश अतिथि युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड पान्सिली भार्की, नेपाली दुतावास कुवेतका द्धितिय सचिव पुष्पराज भट्टराई, एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ , अमिर अहमद रहेका थिए । प्रमुख अतिथी र बिशेष अतिथिबाट पानसमा बत्ति बाली कार्यक्रमको उदघाटन गरिएको थियो ।
अतिथि कलाकार गायकद्धय राजेश पायल राई, धिरज राई र एउटा मात्र खुट्टाको भरमा नृत्य गरेर ख्याती कमाएकी डान्सर रोमा न्यैपानेका साथमा स्थानिय कलाकारहरूको पनि जोडदार प्रस्तुती रहेको थियो । नेपाली संघ संस्थाका प्रतिनिधि समाजसेवी, बुद्धिजिवी, व्यवसायी पत्रकार र दर्सकहरूको उल्लेखनीय उपस्थितिमा नेपालबाट आएका चर्चित कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुती दिदै प्रवाशी नेपालीको मन जित्न सफल भएका थिए ।
त्यस्तै, एउटा मात्र खुट्टाको भरमा नृत्य गरेर ख्याती कमयाकी डान्सर रोमा न्यौपानेको नृत्यले कुवेतमा रहेका सम्पूर्ण कुवेतवासीलाई चकित पारेको थियो । उनले कसैले पनि सोच्न पनि नसकेको कुरालाई सम्भव हुन्छ भन्ने कुराको पाठ सिकाएकी छिन्, कसैले पनि आफुलाई अपांग छु भनि पछि नहट्ने संदेश रोमाले सिकाएकी छिन् ।
रोमाको नृत्यलाई देखेर उनको कला र मेहनतको प्रशंसा तथा कदरगरी कुवेतमा रहेका धेरै व्यक्तिले स्टेजमा गयर सहयोग स्वरूप नगद (पैसा ) समेत दिएर रोमालाई सम्मान गरेका थिए भने जनताको मन जित्ने गीत गाएर ‘राई ईज किङ्ग्स’ले सम्पुर्ण दर्शकलाई नचाउन सफल भए । त्यस्तै, नेपालका माइकल ज्याक्सन भनि चिनिने अर्का गायक धीरज राईले दर्शकमाझमा नाची धेरैँ नयाँ र पुराना गीत गाएर कार्यक्रमलाई भब्य बनाएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतिले पनि कार्यक्रमलाई थप रोमान्चित बनाएको थियो ।
अतिनै भव्यताका साथ चलिरहेको कार्यक्रममा अन्तिममा आयजोकको कमजोरी सिमित मात्रामा सेकुरिटी हुदा दर्शकहरुको सामान्य झगडा, पर्याप्त सेकुरिटीको अभावले विकराल रूप लिँदा कार्यक्रम समापन गरिएको घोषणा गरिएको थियो । पहिला देखिनै प्राय कार्यक्रममा छुटपुट घटना घटिरहेको देखेर पनि सेकुरिटी अतिनै कमजोर भएको सबैले महसुस गरेका थिए । कुवेतका वरिष्ठ व्यक्तित्व र धरै कार्यक्रम सञ्चालन गरेका अनुभवी व्यक्तिहरू मेची महाकाली बृद्धाश्रम निर्माण समिती वैदेशिक शाखा कुवेतमा आबद्द रहेका छन् । यस्ता व्यक्तित्वको ब्यबस्थापनमा सम्पन्न कार्यक्रममा पर्याप्त सुरक्षा नहुनु लजास्पद साथै आयजोकको कमजोरी देखिन्छ । भोलिका दिनमा कुवेतमा नेपाली कार्यक्रम गर्दा सुरक्षाको ग्यारन्टी नगर्ने हो भने अहिलेको जस्तो दर्शकको साथ पाउन सकिदैन । आजको कार्यक्रम पश्चात धरै दर्शकहरुले हामीले कुवेतमा हेर्ने यो नै अन्तिम शो हो समेत भनेका थिए । सानो कमजोरीका कारणले एम्बुलेन्स र प्रहरी जस्तो संबेदनसिल चिजलाई पनि बोलाउने अवस्था सिर्जना भएको घटनाले अतिनै दुखःद बनाएको छ । आशा छ नेपाली समाजमा कुवेतमा भोलिका दिनमा यस्ता हुने छैनन् अन्तमा खाडी न्युजको तर्फबाट घाइते भइ उपचार गराई रहेका मित्रहरुको शीघ्र स्वस्थ्य लाभको कामना…

dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai dubai program with rajesh and dhiraj rai