facebook mobile२० बैशाख, एजेन्सी । कहिलेकाही फेसबुकले अचानक तपाईको फेसबुक एकाउण्ट बन्द गरिदिन्छ वा सेक्युरिटी प्रश्न दिन नसक्दा तपाईको फेसबुक एकाउण्ट बन्द गरिदिन्छ । फेसबुकमा तपाईले गर्ने कार्य, पोष्ट र साथीहरूलाई एकैपटक एड गर्दा फेसबुकले शंकाको आधारमा तपाईको फेसबुक ब्लक गर्ने तथा सेक्युरिटी प्रश्नको जवाफ दिन नसक्दा बन्द गरिदिने गर्छ ।
तर यदी तपाई यस्तो समस्यामा पर्नु भएको छ र तपाईको फेसबुक एकाउण्ट सही हो भने अब फेसबुकले तपाईलाई सहजै तपाईको उक्त एकाउन्ट फिर्ता दिन्छ । यदी तपाईले फेसबुकलाई यस्ता साथीहरुको नाम दिनुभयो जसलाई तपाईले विश्वास गर्नुहुन्छ र उनीहरुले तपाईलाई फेसबुकको एकाउण्ट खोलिदिन मद्धत गर्छन् भने फेसबुकले ती साथीहरूमार्फत तपाईको फेसबुक एक्टिभेड गरिदिन्छ ।
यसका लागी तपाईले आफ्ना विश्वाशिला साथीहरुको नाम फेसबुकको सेक्युरिटी सेटिङमार्फत फेसबुकलाई दिनुपर्नेछ र यी साथीहरूमध्ये तीन जना साथीबाट तपाईले आफ्नो फेसबुक खोल्नका लागी फेसबुकले पठाएको सेक्युरिटी कोड प्राप्त गर्नुभयो भने तपाईको फेसबुक सहजै खोल्न सकिन्छ ।