२८ वैशाख, पोखरा । पश्चिमाञ्चलको मुख्य शहर पोखरामा आज गजल उत्सव हुँदैछ । देशैभरका गजलकारहरु सहभागी हुने यो महोत्सव दिउसो १ बजेदेखि पोखराको सभागृहमा शुरु हुँदैछ । आयोजक गजल सन्ध्या पोखराका अनुसार कार्यक्रममा गजल वाचन र गायन हुनेछ ।

‘गजलको उथ्थान, हाम्रो अभियान’ भन्ने नारा सहित पोखरामा पहिलो पटक टिकटमा गजल कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् ।
कार्यक्रममा काठमाण्डौका प्राज्ञ-गजलकार बुँद राना, रावत, बाबु त्रिपाठी, नेपालगञ्जका कपिल अञ्जान, चितवनका पुष्प अधिकारी ‘अञ्जली’ र भावना पाठक, सिन्धुलीका अमला अधिकारीलगायत पोखराका केही चर्चित र स्थापित गजलकारहरुले गजल वाचन गर्ने तथा गायक मनोज राज, राज सिग्देल, विनोद बानियाँ र नरजङ गुरुङले चर्चित गजलहरु गाउने कार्यक्रम छ।