gold१३ भदौ, काठमाडौ । बुधबार एकै दिन ३ हजार ३ सयले बढेर दुईवटा रेकर्ड बनाएको सुनको मूल्य आज बिहिबार १ हजार १ सयले घटेको छ । अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज ११ सयले घटेर प्रतितोला ६२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार उच्च बन्दुमा पुगेर ६३ हजार ३ सयमा कारोबार भएको सुन ११ सयले घटेपछी ग्राहकले केही राहत महसुस गरेका छन् । आज अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेकाले नेपालमा पनि घटेको महासंघको भनाई छ।

यस्तै, चाँदीको भाउ पनि बुधबार भन्दा प्रतितोला ३० रूपैयाले घटेर १ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ।