gold१० भदौ, काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुनको मूल्य आज प्रतितोला रु ५८ हजार ९०० कायम गरेको छ ।

आइतबार प्रतितोला रु ५८ हजार ४०० मा कारोबार भएको सोको मूल्य आज प्रतितोला रु ५०० ले वृद्धि भई कारोबार भएको हो ।

त्यसैगरी महासङ्घले तेजावी सुनको मूल्य प्रतितोला आज रु ५८ हजार ६५० निर्धारण गरी कारोबार भएको जनाएको छ । सोको मूल्य अघिल्लो दिन प्रतितोला रु ५८ हजार १५० कायम भएको थियो ।

असली चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा आज तोलामा रु २५ ले वृद्धि भई प्रतितोला एक हजार ३५ कायम भएको महासङ्घले जनाएको छ ।