२३ वैशाख धनकुटा । पुर्व स्वास्थ्य तथा एकीकृत नेकपा माओवादि पुर्विकमाण्ड इन्चार्ज गिरिराज मणि पोख्रेलले खिलराज रेग्मी नेतृत्वको बर्तमान सरकारले तत्काल संबिधान सभा चुनाबको मिति घोषणा गर्न पर्ने बताएका छन्। तत्काल मिति घोषणा नगरे रेग्मी सरकारकै विरोधमा आन्दोलनमा उत्रने उनले चेतावनी दिएका छन् ।
पार्टिको जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षणका क्रममा धनकुटा आएका पोखरेलले बर्तमान सरकार अन्य प्रयोजनको लागि नभई चुनाबको लागि मात्र गठन गरिएको हुदा तत्काल चुनाबको मिति घोषणा गर्ने पर्ने बताए ।
पुर्वमा भईरहेको मतदाता नामावलि संकलनमा अबरोध पु-याउने नेकपा–माओबादि तथा संघिय लिम्बुवान राज्य परिषद लगायतलाई लक्षित गर्दै उनले
संविधान प्राप्तीको एकमात्र बिकल्प संविधान सभाको चुनाब भएको बताए । चुनाबसंग सम्बन्धित कार्यमा अवरोध नगरि सहयोग गर्न पनि उनले सवैलाई आग्रह गरे ।