stawberriesतपाईलाई स्ट्रबेरी कतिको मन पर्छ ? मन पर्दैन भने पनि अब खाने प्रयास गर्नुस् । स्वास्थ्यका हिसाबले यसका फाइदाहरू निकै धेरै छन् । यसमा हुने तत्वहरुले शरिरमा हुने विभिन्न समस्यालाई समेत निराकरण गर्न मद्धत गर्छ । निकै स्वादिलो यो फल स्वास्थ्यका दृष्टिकोणले पनि निकै उत्कृष्ट फल हो । यसले मानिसमा क्यान्सरसँग लड्ने क्षमतामा समेत बृद्धी गर्छ ।

स्ट्रबेरीका केही फाइदाहरू यस्ता छन्…
– स्ट्रबेरीले क्यान्सरसँग लड्ने क्षमताको विकास गर्छ । यसमा पाइने एन्टिओक्सिडेन्ट र एन्टी इन्फामेटरी जस्ता तत्वले शरिरमा हुने क्यान्सरसँ लड्न मद्धत गर्छ ।

– यसले आँखालाई पनि निकै फाइदा गर्छ । अध्ययनका अनुसार यसले उमेरको प्रभावका कारण आँखामा हुने कन्ट्राक्टिङको समस्यालाई पनि केही हदसम्म समाधान गर्न सक्छ ।

– स्ट्रबेरी भीटामिनको सी को महत्वपूर्ण स्रोत हो । यसले तपाईको इम्युनिटी पावर बढाउन मद्धत गर्छ ।

– स्ट्रबेरी भिटामिन सी युक्त भएकाले यसले छालालाई सफा, मुलायम र नरम राख्न समेत मद्दत गर्छ ।

– स्ट्रबेरीमा पाइने फेनोलले शरिरका विभिन्न भागमा हुने तन्तु सम्बन्धी रोगहरूसँग लड्न सहयोग गर्दछ ।