nepalgunj schoo१३ फागुन, नेपालगञ्ज । पुर्वी बाँकेको फत्तेपुर १ मा रहेको नेपाल राष्ट्रिय प्रस्तावित निम्न माध्यामिक विद्यालयको पर्खाल रातारात गाएब भएको छ । विद्यालय सुरक्षाको लागि पलाष्टर गरेर बनाइएको पर्खाल भत्काएर चोरहरुले इट्टा गाएब बनाएको विद्यालयका शिक्षक शिव नारायण साहले जानकारी दिए ।
विगतका दिनमा विद्यालयको डेस्क, बेन्च, सरिया, सिमेन्त, दराज चोरी गरिरहने चोरहरुले पछिल्लो समयमा विद्यालयको पर्खाल चोरेका हुन् । शिक्षक साहले भने चोरले धेरै सताएका छन् । हुँदा हुँदै विद्यालयको पर्खाल पनि बाँकी राखेनन्, अव विद्यालयको भवन पनि भत्काउन बेर छैन् ।
विद्यालयमा हुने गरेको चोरीको घटनाबारे प्रहरी चौकी फत्तेपुरलाई बारम्बार जानकारी गराउँदा समेत सुनुवाई नभएको शिक्षक साहले बताए । विद्यालय भएको स्थान भन्दा १ किलोमिटरको दुरीमा प्रहरी चौकी छ ।
पुर्वी बाँकेको बघौडा क्षेत्रमा पछिल्लो समयमा चोरको विकविकि बढेको छ । चोरहरुले स्थानिय बासिन्दाका ,पशु चौपाया, पानी खाने नल्का देखि ठुल ठुला सामान चोर्ने गर का छन् । स्थानियले बारम्बार सुरक्षाको माग गरिरहेपनि जिल्ला तथा स्थानिय निकायका प्रहरी प्रसाशनले चासो नदिएको स्थानिय बासिन्दाको गुनासो गरेका छन् ।