agni-5३० भदौ, काठमाडौ । भारतले चीन र युरोपसम्म मार हान्न सक्ने क्षेप्यात्र अग्नी-५ को सफल परिक्षण गरेको छ । लामो दूरीको परमाणुक्षमता भएको क्षेप्यात्र अग्नी ५ ओडिसामा परिक्षण गरेको छ । यो क्षेप्यात्रले ५ हजार किलोमिटरसम्म मार हान्न सक्ने भारतले जनाएको छ । पछिल्लो अप्रिलमा पहिलो पटक अग्नी ५ को परिक्षण गरिएको थियो ।

यो क्षेप्यास्त्रले चीन तथा युरोपसम्म मार हान्न सक्छ । यसले विश्वको महत्वपूर्ण शहरहरू बेइजिङ, संघाइदेखी तेहरानसम्म एकैपटकमा मार हान्न सक्छ । यो क्षेप्यास्त्रले १ हजार किलो परमाणु हतियार बोक्न सक्छ भने यसको तौल ५० टन रहेको छ र लम्बाई १७ मिटर रहेको छ ।

भारतको अग्नी जस्तै ५ हजार किलोमिटर प्रहार गर्न सक्ने क्षेप्यास्त्र भारतसहित अन्य ५ देशमा छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य चीन, फ्रान्स, रूस, अमेरिका र बेलायतसँग पनि ५ हजार किलोमिटरको दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र रहेका छन् ।