२१ साउन, भक्तपुर । भक्तपुरको बर्डफ्लू संक्रमित क्षेत्रका विरामीको स्वास्थ्य परीक्षण गरेर शंकास्पद विरामीको खकार संकलन गरिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट जनस्वास्थ्य निरिक्षक कुमार दाहालको नेतृत्वमा आएको ६ जनाको प्राबिधिक टोली र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेर खकार संकलन गरेको हो ।

 

भक्तपुर नगरपालिका २ जगाते स्थित बिमल घेमसुको कुखुरा फार्म वरिपरिका बासिन्दाको स्वास्थ्य परीक्षण गरेर ल्याब टेष्टका लागि शंकास्पद ८ जना विरामीको खकार संकलन गरेको छ । टाउँको दुख्ने, आखा दुख्ने, घाटी दुख्ने, ज्वरो आउँने, टाउँको दुख्ने समस्या देखिएका विरामीलाई शंकास्पद अबस्थामा रहेको आठ जना विरामीकोे खकार परीक्षणका लागि लगिएको हो ।

टोलीले स्थानिय विरामीहरुको स्वास्थ्य परीक्षण गरि स्वास्थ्यमा समस्या देखिएका विरामीहरुको खकार संकलन गरेर परीक्षणका लागि लगिएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक उमेशचन्द्र धौभडेलले जानकारी दिए ।