१४ जेठ, एजेन्सी । भारतको मुम्बईमा सँगै बस्दै आएका एक व्यक्तिले आफूसँग सेक्स गर्न नमानेको भन्दै अर्का पुरूषले उनको यौनाङ्गनै काटिदिएका छन् ।

मुम्बईमा एउटै कोठामा बस्दै आएका ३० वर्षीय प्रेमी राजकुमार गुर्मीले सेक्स गर्न नमानेपछी ३८ वर्षीय रामसरन हरिजनले गुर्मीको यौनाङ्ग नै काटिदिएका हुन् । आइतबार राती हरिजन र गुर्मीबीच सेक्सका विषयलाई लिएर झगडा भएको थियो । झगडाकै क्रममा हरिजनले भान्साबाट चक्कु ल्याएर गुर्मीको यौनाङ्ग काटिदिएका थिए ।

यसरी आफूमाथी साथी आइलागेर शरिरका अंग नै काटिदिन थालेपछी गुर्मीले छिमेकी गुहारेका थिए । उनले गुहार मागेपछी आएका छिमेकीले उनलाई अस्पताल पुर्याएका थिए भने हरिजनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
छिमेकीहरुले जनाए अनुसार उनीहरूबीच केही महिना यतादेखी झगडा हुँदै आएको थियो ।