ACC२० बैशाख, काठमाडौ । एसीसी यु-१९ एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज कुवेतसँग भिड्दैछ । भुवन कार्कीको कप्तानीमा नेपालले पहिलोपटक अन्तराष्ट्रिय खेल खेल्दैछ ।

मलेसियामा आयोजना भइरहेको प्रतियोगितामा नेपालले आज कुवेतसँग क्बालालाम्पुरको किनरारा एकेडेमी ओभर क्रिकेट मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपालका लागी यो मैदान परिचित भएपनि नेपाली टोलीको लागी भने यो मैदान नयाँ हुनेछ । यु-१९ मा सबै खेलाडि नयाँ रहेकाले नेपाली खेलाडिलाई यो मैदान नयाँ हुने भएको हो । क्रिकेटमा जानकार व्यक्तिहरूका लागि भने यो मैदान परिचित र सुनिरहेको मैदान हो ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ भने नेपालसहित कुवेत, मलेसिया, बहराइन र कतार रहेका छन् । नेपालले मे ५ मा कतारसँग, ६ मे मा बहराइन, ९ मे मा मलेसियासँग खेल्नेछ । 

समूह एमा अफगानिस्तान, युनाइटेड अरब इमिरेट्स, हङकङ, साउदी अरेबिया र थाइल्याण्ड रहेका छन् ।