२ भदौ, विराटनगर । मोरङमा दुई बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोरङ इन्द्रपुर–५ स्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१ख २८७० नं.को ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को७प ३८८० नं.को मोटरसाइकललाई शनिबार ठक्कर दिँदा मोटरसाइकलमा सवार १० वर्षीय बालक निश्चल राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक अर्जुन राई र पछाडि बसेकी अमृता राई सख्त घाइते भई न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।