Kim-Jong-un७ चैत, एजेन्सी । उत्तर कोरियाले अमेरिकी विमानहरूलाई आक्रमण गरी खसाल्ने चेतावनी दिएको छ । यदी अमेरिकी विमानहरूले दक्षिण कोरियामा आएर उसको ट्रेनिङमा भाग लिए अमेरिकाका विमानहरू खसालिदिने चेतावनी दिएको छ ।
उत्तर कोरियाले अमेरिकी विमानहरू दक्षिण कोरिया प्रशिक्षणका लागी आउन थालेको भन्दै उक्त कार्य रोक्न अमेरिकालाई चेतावनी दिएको छ । मंगलबार दक्षिण कोरियाको आकाशमा अमेरिकी युद्धक विमानहरू देखिएपछी उत्तर कोरियालो यस्तो चेतावनी दिएको हो ।
आफूहरूले अमेरिकी विमान तथा दक्षिण कोरियाली कार्यको सूक्ष्म निगरानी राखिरहेको समेत बताएको छ । यस्तै, यदी अमेरिकी विमानहरू दक्षिणी आकाशमा देखिइरहे आफूहरूले निकै शक्तिशाली सैन्य कारबाही गर्ने चेतावनी दिएको छ ।
उत्तर कोरियालो तेस्रो पटक परमाणु परिक्षण गरेपछी दई देशबिचको सम्बन्धमा निकै तनाव उत्पन्न भएको छ ।