२६ चैत, एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धको सम्भावना बढ्दै गइरहेको छ । दुईपक्षबीच निकै तनावको अवस्था रहेका बेला उत्तर कोरियाली सैन्य प्रशिक्षणको एक भीडियो सार्वजनिक भएको छ, जसमा कुकुरहरूले दक्षिण कोरियाका रक्षामन्त्रीको अनुहार लुछेका छन् । यो भिडियो सार्वजनिक भएपछी दुई देशबीचको तनाव झन् बढ्ने बुझिएको छ । दक्षिण कोरियाका रक्षामन्त्री किम क्वान जिनको तस्विर देखाएर त्यसलाई लुछ्नका लागी कुकुरलाई पठाइएको छ कुकुरहरूले उक्त तस्विरमाथी झम्टिएर आक्रमण गरि तस्विर तहसनहस बनाएको भीडियमा देखिएको छ ।
दुई देशबीच तनाव चलिरहँदा यस्तो भीडियो सार्वजनिक भएपछि यसले झन् तनावको अवस्था पैदा गर्ने बुझिएको छ । कुनै एक देशका रक्षामन्त्रीलाई अर्को देशका कुकुरलाई लुछ्न लाउनु त्यसमाथी पनि युद्धको अवस्था नजिक रहेको देशका मन्त्रीहरूकै यस्तो भिडियो सार्वजनिक गर्नुले दुई देशको सम्बन्ध सुधारिनुको साटो थप संकटमा पर्ने देखिएको छ ।
यो भीडियोमा कुकुरलाई सेनाले तस्विर भएको तर्फ देखाउँदै त्यसमाथी आक्रमण गर्नका लागी पठाउँछन्, जहाँ कुकुरले पनि आज्ञा पालना गर्दै दक्षिण कोरियाका रक्षामन्त्रीको तस्विरमाथी धावा बोल्छन् र तस्विरलाई कोपार्न थाल्छन् ।
हेरौ उक्त भीडियो र तस्विरहरू…

north korea bizarre dog attack north korea bizarre dog attack north korea bizarre dog attack

{youtube}_9jNIUtUn3c{/youtube}