china and pakistan flag१० चैत,एजेन्सी। चीन र पाकिस्तानबिच गोप्य परमाणु सम्झौता भएको अमेरिकाले बताएको छ। चीन र पाकिस्तनले पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको चाश्मा तेस्रो परमाणू रियाक्टरको लागि गोप्य संझौता गरेको अमेरकी प्रशासनले दाबी गरेको छ।
अमेरिकाको ओबामा प्रशासनले यो सम्झौता गरेर चीनले अन्तराष्ट्रिय परमाणु विरोधी सम्झौता उलंघन गरेको आरोप लगाएको छ।
अमेरिकाले जनाए अनुसार नयाँ सम्झौताको लागि पाकिस्तानको परमाणु उर्जा आयोगको एक प्रतिनिधी मण्डन १५-१८ फरवरीको  बिचमा चीनको राजधानी बेजिङ पुगेको थियो।यो सम्झौता पछी चीनको सरकारी सस्था चाइना   नेशनल न्युक्लियर करपोरेशनले पाकिस्तानको चाश्मामा एक हजार  मेगावाटको एक उर्जा संयन्त्र निर्माण गर्नेछ, अमेरिकाले जनाएको छ।
तर अमेरिकी यो आरोप प्रति चीन र पाकिस्तानले कुनै प्रतिक्रिया जनाएका छैनन् ।