१ जेठ, सोलुखुम्बु । लोत्से हिमाल आरोहण गर्न गएका एक विदेशी आरोहीको रक क्लाइमिङ तालिम लिने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

बुधबार बिहान रक क्लाइमिङ तालिम लिन सगरमाथा आधार शिविरबाट लोत्से हिमालको फेदीमा जाँदा ढुङ्गा झरेर रुसी नागरिक एलेक्से बोलोटोभको मृत्यु भएको हो ।

लोत्से हिमाल आरोहण गर्न नेपाल आएका बोलोटोभको पासपोर्ट नं. ७२३२३१९७९ रहेको छ । पचास वर्षीय रूसी नागरिकको आरोहण टोलीमा चार सदस्य थिए ।

बोलोटोभको मृत्युपछि सगरमाथाको आधार शिविरमा रहेका सर्म्पर्क अधिकारीहरूले मुचुल्का उर्ठाई सम्बन्धित निकायमा जानकारी गराएको किताबसिं तामाङले जानकारी दिए ।

एलेक्से चोयू टे्रकिङ कम्पनीमार्फत इन्टरनेशनल एभरेस्ट साउथ वेस्ट एस्पिडिसन स्प्रिङ २०१३ टोलीले लोत्से हिमाल आरोहण गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको थियो । यो वर्षअहिलेसम्म सगरमाथा हिमालमा पाँच आरोहीको मृत्यु भइसकेको छ । रासस