chinese army२७ वैशाख,एजेन्सी। चीनसंग संसारकै सवै भन्दा शक्तिशाली र प्रभावशाली हतियार छन । चीनसंग लामोदुरी सम्म प्रहार गर्न सक्ने मिसाइल छन्,स्टिल्थ फाइटर्स छ, नयाँ प्रविधीको सबमरिन छ जो परमाणु हमला गर्ने सामर्थ्य राख्दछ।यसको अलावा चीनियाँ सेनाले साइबर युद्ध लड्नमा महारथ हासिल गरेको छ। यी सव चीजका बाबजुत चीनले आफ्नो सेना अर्बौ डलर खर्च गर्देछ, चीन चाँडो युद्द जित्न सेनालाई आधुनिकीकरण गर्दैछ। यो अमेरिकी सेनाको मुख्यालय पेन्टागनले अमेरिकी कांग्रेसलाई बुझाएको रिपोर्टमा लेखिएको छ।
पेन्टागनले दिएको रिपोर्टमा लेखिएको छ-ताइवान नजिको जलक्षेत्रमा राज गर्न चिनियाँ सेनाले तिब्र गतिमा सेनालाई मजबुत पार्दै लगेको छ।
पेन्टागन लेख्दछ-भारतको लद्दाखबाट चीनले आफ्नो सेना फिर्ता गरेपनि भारत अझै सतर्क रहनु पर्दछ।
रिपोर्टमा भनिएको छ-सन १९९८ यता चीनले ६ वटा छिमेकी देशसंग सिमा सम्वन्धित ११ मुद्धा सुल्झाएको छ । केही वर्ष यता चीन र भारतविच राजनैतिक र आर्थिक सम्वन्ध बढेको छ तर भारत र चीनबिच रहेको ४०५७ किलोमिटर लाममो सिमामा अझैं तनाव कायम छ ।

पेन्टागनको रिपोर्टमा चीनसंग भएका हतियार,त्यसका प्रकार र संख्याको बारेमा समेत उल्लेख गरिएको छ।
रिपोर्टमा लेखिए अनुसार चीनसंग ७९ वटा ठुला किसिमका युद्धपोत छन्, ५५ वटा सबमरिन छन्,जसमध्य ५ वटाले परमाणु हमला गर्न सक्दछन् ।
रिपोर्टमा चीनले भारत सहितका छिमेकी मुलुकको सिमा पनि सैनिक अवस्था मजबुत पारेको उल्लेख गरिएको छ।
चीनले अघिल्लो वर्ष लडाकु विमान खसाल्न सक्ने युद्धपोतको विकास गरेक पनि रिपोर्टमा लेखिएको छ।
यसैगरि चीनसंग परमाणु हमाल गर्न सक्ने लियाओनिङग सबमरिन समेत रहेको छ जसले पानिभित्रबाट ७४ सय किलोमिटर परसम्म निशान लगाउन सक्दछ।