baburam-prachanda-mohanbikram१० साउन, काठमाडौ । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलाइ गाली गर्नु परर्यो भने एमाओवादी अध्यक्ष प्रचण्डले भन्ने गर्छन, बैद्यजीहरु मोहनविक्रम पथमा लाग्नु भयो । किताबमा क्रान्तिका कोरा कुरा गर्नेहरु मोहनविक्रम जस्तै बन्छन भनेर प्रचण्ड बावुरामले धेरै पटक आरोप लगाइसकेका छन । तर बुधवार तीनै मोहनविक्रमसंग प्रचण्ड बावुरामको जम्काभेट भयो । मोहन विक्रम प्रचण्ड बावुराम दुवैका राजनीतिक गुरु हुन ।

मोहन विक्रमको एकता केन्द्र मसालबाट फूट्दै प्रचण्डले माओवादी बनाएका थिए, बाबुराम पछिसम्मपनि सिहंकै पार्टीमा थिए । आफूलाई अर्धभूमिगत भन्न रूचाउने सिंह सार्वजानिक कार्यक्रममा हत्तपत्त देखिदैनन, नरबहादुर कर्मचार्यको श्रद्धान्जली कार्यक्रममा पुगेको समयमा प्रचण्ड बावुरामसँग भेट भएको हो ।

प्रचण्डको छेवैमा बसेका बृद्ध मोहनविक्रम हसिँलो मुद्रामा देखिएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनका यी तीन नेताबीच यसरी भेट नभएको दुई दशक भएको थियो । एकअर्काका प्रति कटू आलोचक प्रचण्ड र मोहनविक्रमबीच बिहिबार सन्चो विसन्चोका साथसाथै मुलुकको समसायमिक राजनीतिक घटनाक्रमको बिषयमा समेत छलफल भएको थियो । 

मोहनविक्रमसँग भेटेको कुरा बाबुरामले फेसबुक मार्फत सार्वजानिक गरेका हुन्, जहाँ उनले प्रचण्ड र मेरा गुरू लेखेका छन् । मोहनविक्रमलाई कतिपयले कम्युनिष्टको पाठशालाको रुपमा चित्रण गर्ने गरेका छन् । हाल उनी अर्धभूमिगत नेकपा मसालको महामन्त्री छन् ।

baburam-prachanda-mohanbikram1मोहनविक्रमद्धारा दीक्षित कार्यकर्ता देशको प्रधानमन्त्री भइसक्दा उनको पार्टीको आकार भने झन घट्दो छ, यसलाइ सिंहले सही विचारको पछाडी भीड हुदैन भन्ने गरेका छन् । दुइबर्ष अघि पर्यटन बोर्डमा सार्वजानिक भएका सिंह त्यसयता सार्वजानिक कार्यक्रममा देखिएका थिएनन । भूमिगत राजनीतिवाट कहिले सार्वजानिक हुनुहुन्छ भन्ने विज्ञासामा उनको जवाफ थियो, अझै समय परिपक्क भएको छैन ।