Prachanda one१ जेठ, काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ महिलाको ३३ प्रतिसत सिट आरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मंसीरमा निर्वाचन हुने बिषयमा आशंका नगर्नपनि आग्रह गरे ।

विघठित संविधानसभाका महिला सभासदहरूसँग भएको भेटमा अध्यक्ष प्रचण्डले सकेसम्म महिला सहभागिता ४५ प्रतिशत पुर्याउने आफ्नो पार्टीको पयत्न रहेने उल्लेख गरे । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा भएको भेटवार्तामा महिला नेतृहरूले प्रतक्ष्य निर्वाचन तर्फपनि ३३ प्रतिशत उमेदवारी दिन आग्रह गरेका थिए ।

प्रचण्डले आफूहरुको कुरा सुनिदिएको एमाले नेत्रृ उषाकला राइले बताइन् । महिलाको समानुपातिक सहभागिताको सुनिश्चितता मागगर्न निर्वाचन कानून संशोधन गर्नुपर्ने आफूहरूको माग रहेको उनले नेपालीहेडलाइन्सलाई जानकारी दिइन् ।