PrashantTamang१३ भदौ, काठमाडौ । गोर्खाल्यान्ड आन्दोलनमा मौन रहेका भनिएका पूर्व इन्डियन आइडल एवं नेपाली चलचित्रका नायक प्रशान्त तामाङले बिहीबार एक युट्युब भिडियो सन्देशमार्फत् उक्त आन्दोलनको समर्थन गरेका छन् ।

दार्जीलिङ टाइम्सले सार्वजनिक गरेको उक्त भिडियोमा उनले १ मिनेट ३७ सेकेन्डको भिडयोमार्फत् गोर्खाल्यान्ड आन्दोलनलाई समर्थन गरेका हुन् । कोलकोत्ता प्रहरीमा जागिरे रहेका पूर्व इन्डियन आइडल तामाङले गोर्खाल्यान्डको मागमा आफ्नो पूर्ण समर्थन रहेको र आवश्यक परे आफू पछी नहट्ने समेत उक्त भिडियोमार्फत बताएका छन् । उनले आफूलाई इन्डियन आइडलमा जिताए जसरी नै दार्जिलिङबासीले आन्दोलन सफल पार्ने विश्वास व्यक्त गरेका छन् ।

गोर्खाल्याण्डमा आफुहरूको हक भएको भन्दै जसरी पनि पाउनुपर्ने उनको भनाई छ । उनले यसरी समर्थन जनाएपछि दार्जिलिङमा नयाँ तरंग पैदा भएको छ ।

 

{source}
<iframe width=”420″ height=”315″ src=”//www.youtube.com/embed/10wd0KztGrs” frameborder=”0″ allowfullscreen></iframe>
{/source}