२४ असार, एजेन्सी । अप्राकृतिक यौन शोषणको आरोपमा मन्त्री पदबाट हटाइएका भारतीय जनता पार्टीका राघव जीलाई पार्टीले समेत कारबाही गरेको छ । मध्यप्रदेशका अर्थमन्त्री रहेका राघव जीलाई गत शुक्रबार आफ्नै सहयोगीसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोपमा मन्त्री पदबाट हटाइएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले दिएको जानकारी अनुसार भाजपाका अध्यक्ष नरेन्द्र सिंह तोमरले राघवलाई पार्टीबाट निश्काशन गरिएको घोषणा गरेका हुन् । मध्यप्रदेशका मूख्यमन्त्री शिवराज सिंह चौहानको निवासमा आइतबार बसेको बैठकले राघवलाई पार्टीबाट निस्किसन गर्ने निर्णय गरिएको थियो ।

यसअघि राघवका सहयोगी राजकुमार दांगीले उनी विरूद्ध आफूमाथि अप्राकृतिक यौन शोषण गरेको आरोप लगाएका थिए । राजकुमारको बयानपछि भोपाल प्रहरीले पूर्व मन्त्री राघवविरुद्ध अप्राकृतिक शोषण लगायका आरोपमा मुद्दा दायर गरेको थियो ।