rain in uae१६ भदौ,एजेन्सी। निकै कम वर्षा हुने खाडी मुलुक युएईको केही भागमा आइतवार पानी परेको छ ।
रस अल खाइमहको शवका क्षेत्रमा पानी परेको हो।

धेरै नेपाली कामदार समेत रहेका युएईको धेरै क्षेत्रमा तापक्रम समेत घट्ने अनुमान गरिएको छ।
युएईको नेशनल सेन्टर फर मेटेरेलोजी र सेस्मोलोजीले अझै केही दिन पानी पर्ने जनाएको छ।

फुजैराह क्षेत्रमा आइतवार निकै कम तापक्रम मात्र ३३ सेन्टग्रेड अधिकतम र २९ डिग्री न्युनतम रहेको छ।

त्यसै गरि अबुधावी, दुबइ, शारजाँह, अजमेन र रस अल खाइमहमा समेत तापतक्रम घटेको छ भने सोमवार र मंगलवार पनि तुलान्तमकरुपमा कम गर्मी हुने अनुमान छ।